काठमाडौं- संवैधानिक परिषदसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ।
बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न विधेयकलाई सर्वसम्मतबाट पारित गरेको हो।
समितिका सभापति रामहरि खतिवडाले सबैको सकारात्मक छलफलबाट विधेय पारित भएको जानकारी दिए।
विधेयकमा संवैधानिक परिषदका अध्यक्षसहित तत्काल बहाल रहेका सदस्यको ५० प्रतिशत उपस्थिति भए बहुमत वा गणपूरक संख्या मानिने उल्लेखछ।
त्यस्तै विधेयकमा कुनै पनि सदस्य हुन नसके त्यसको कारण २५ घन्टा अघि नै अध्यक्षलाई जानकारी गराउनेपर्ने उल्लेख छ।
परिष बैठकको पूर्ण जानकारी विद्युतीय माध्यमबाट जानकारी गराउनुपर्नेसमेत विधेयकमा उल्लेख छ।
Leave a Reply