काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिइ सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ।
मन्त्रालयले सूचना निकालेर ‘ए लेभल’, ‘इन्टरनेशनल ब्याकालरेट्स’, ‘सिएसइबी’ र सोसरहका कार्यक्रम सञ्चालन गर्न अनुमति लिएका ४९ संस्थाको सूची सार्वजनिक गर्दै तीबाहेकका संस्थानमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको हो।
इन्टरनेसनल एजुकेसन प्रोभाइडर्स अफ नेपाल (आइप्यान) ले भने नेपालमा ८१ संस्था सञ्चालनमा रहेको जनाएको छ।
मन्त्रालयले अनुमति नलिइ सञ्चालन हुने संस्थालाई कारबाही गर्ने चेतावनीसमेत दिएको छ।
Leave a Reply