काठमाडौं- निर्वाचन आयोगले रिक्त प्रतिनिधिसभा र प्रदेससभा सदस्य उपनिर्वाचनका लागि मिति तोकेको छ।
प्रतिनिधिसभा सदस्य र प्रदेससभा उपनिर्वाचनका लागि आयोगले चुनावको मिति तोकेको हो।
आयोगका उपसचिव एवं सहायक प्रवक्ता डा.थानेश्वर भुसालका अनुसार वैशाख १५ गतेका लागि उपनिर्वाचनको मिति तोकिएको हो।
इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेससभा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रदेससभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएकोले उपनिर्वाचन हुन लागेको हो।
सहायक प्रवक्ता भुसालले सरकारको परामर्शमा आयोगको आइतबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य र प्रदेससभा सदस्य पदपूर्ति गर्न वैशाखा १५ गते उपनिर्वाचन गर्ने निर्णय गरेको जानकारी दिए।
कुनै सदस्यको स्थान, प्रतिनिधिसभा वा प्रदेससभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहँदै रिक्त भएमा त्यस्तो स्थानमा जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो त्यही प्रक्रियाबाट पुर्ति गरिने संवैधानिक व्यवस्था छ।
Leave a Reply