विराटनगरमा दुई समुदायबीच झडप, प्रहरीद्वारा हवाइ फायर र अश्रुग्यास प्रहार

विराटनगर – विराटनगरमा दुई समुदायबीच झडप भएको छ।

रामनवमीको अवसरमा ‘हिन्दु सम्राट सेना‘ ले र्‍याली निकालेको क्रममा विराटनगर–१७ मा झडप भएको हो।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले ‘हिन्दु सम्राट सेना’ ले निकालेको र्‍याली मुस्लिम बस्तीतर्फ प्रवेश गर्न खोजेपछि झडप भएको बताए।

‘र्‍याली वडा नम्बर १७ मा पुगेपछि सहभागीहरू मुस्लिम बस्तीतर्फ प्रवेश गर्न खोज्यो, प्रहरीले त्यसतर्फ जान अनुमति दिएन, यही विषयमा विवाद बढेर झडप भएको हो,’ एसपी कार्कीले भने।

र्‍यालीका सहभागीहरू जबरजस्ती अगाडि बढ्न खोजेपछि मुस्लिम समुदायका युवाहरू पनि सडका उत्रिएर रोक्ने प्रयास गरेका थिए।

प्रहरीले अनुमति नदिएपछि र्‍यालीका सहभागीहरू वैकल्पिक बाटो प्रयोग गरेर अगाडि बढेका थिए। तर, दिउँसो २ बजेतिर फर्किने क्रममा मुस्लिम बस्ती हुँदै र्‍याली आएपछि झडप भएको बताइएको छ।

झडप नियन्त्रणमा लिन प्रहरीले ७–८ राउन्ड हवाइ फायर र २७ सेल अश्रुग्यास प्रहार गरेको उनले बताए।

एसपी कार्कीका अनुसार झडपमा परी ८ जना प्रहरीका साथै एक दर्जन बढी घाइते भएका छन्।

उनले अहिले स्थिति नियन्त्रणमा आएर अवस्था सामान्य बनेको बताए।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *