विपक्षी दलको नाराबाजीकाबीच प्रधानमन्त्रीले लिए विश्वासको मत

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएका छन्।

सोमबार प्रमुख प्रतिपक्षी र विपक्षी दलहरूको विरोधकाबीच प्रचण्डले विश्वासको मत लिएका हुन्।

प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा १५७ मत खस्यो भने विपक्षमा शून्य मत प¥यो। एक सांसद तटस्थ बसे।

कांग्रेसलगायतका विपक्षी दलहरू मत विभाजनको प्रक्रियामा भाग लिएनन्।

जनता समाजवादी पार्टी (नेपाल) ले सरकारबाट समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिएका हुन्।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागिरहँदा प्रमुख प्रतिपक्षी कांग्रेससहित विपक्षी दलहरूले चर्को नाराबाजी गरेका थिए।

विपक्षी दलहरूको नाराबाजीका बीच सभामुख देवराज घिमिरेले सदनको प्रक्रिया अगाडि बढाएका थिए।

प्रधानमन्त्री प्रचण्डले संवैधानिक प्रक्रियाबाट आफूले विश्वासको मत लिन खोज्दा कांग्रेसले अवरोध गरेको भन्दै आपत्ति प्रकट गरे।

उनले कांग्रेसले प्रस्तुत गरेको व्यवहारका कारण उसलाई ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिए।

संसदीय छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले नाराबाजी गरेपछि पहिलो बैठक १५ मिनेटका लागि स्थगित भएको थियो।

त्यसपछि बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *