विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुन्छ : प्रधानमन्त्री

काठमाडौं- प्र्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुने बताएका छन्।

सोमबार समाजवादी शैक्षिक मञ्चले काठमाडौंमा आयोजना गरेको ‘नेपालको शैक्षिक आन्दोलन र विद्यालय शिक्षा विधेयक’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्।

विद्यालय शिक्षा विधेयकबारे गठबन्धन दल र प्रतिपक्षीसँग समेत छलफल गरिएको बताउँदै प्रचण्डले संसदमा दर्ता भएका संशोधन प्रस्तावहरूका आधारमा विधेयक संशोधन हुने उल्लेख गरे।

शिक्षक, कर्मचारीलगायतका सरोकारवाला पक्ष र अभिभावकका समेत सुझावहरू समेटेर आवश्यक संशोधन गर्न सरकार तयार रहेको बताउँदै उनले यसबारे गठबन्धन र प्रतिपक्षीसँग पनि कुरा भएको जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डले विद्यालय कर्मचारी र बालशिक्षाका शिक्षकहरूको मुद्दा तथा विगतमा गरिएका सहमति कार्यान्वयनको विषयलाई आफूले गम्भीरतापूर्वक लिएको बताए।

उनले बौद्धिक जनशक्तिको पलायनलाई रोक्न देशभित्रै सम्भव छ भन्ने सकारात्मक भाष्यको निर्माण गर्न जरूरी रहेको बताए।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *