जनकपुरधाम – खाडी मुलुकहरूमा भारी वर्षा र बाढीका कारण जनजीवन प्रभावित भएको छ।
अचानक आएको बाढीका कारण खाडी मुलुकहरूमा जनजीवन प्रभावित भएको हो।
बाढीका कारण विश्वको दोस्रोे व्यस्त दुबई विमानस्थल अस्तव्यवस्त बनेको छ। त्यहाँ थुप्रै उडानहरू अवरूद्ध भएका छन्।
असिना पानीसहितको भीषण वर्षाले आबुधावी विमानस्थलसहित केही सहरहरू डुबानमा परेका छन्।
दुबई विमानस्थलले अकल्पनीय चुनौतीपूर्ण अवस्था सामना गरिरहेको छ। दुबईमा कार बाढीमा फसेपछि एक जनाको मृत्यु भएको छ।
अर्को खाडी मुलुक ओमानमा भने आइतबारदेखि हालसम्म बाढीका कारण १९ जनाको मृत्यु भइसकेको छ।
बाढी र वर्षाका कारण बुधबारमात्रै दुबई अन्तर्राष्ट्रिय विमानस्थलले २९० उडान रद्द गरेको छ।
साथै विपदका कारण थप ४४० उडानहरू ढिलाइ भएको बताइएको छ।
प्रत्येक महाद्विपमा उडानहरू सञ्चालन गर्ने प्रमुख हबका रूपमा रहेको दुबई विमानस्थल पूर्ववत अवस्थामा आउन केही समय लाग्ने जनाइएको छ।
Leave a Reply