दाङ- लुम्बिनी प्रदेसका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिने तयारी गरेका छन्।
प्रदेससभाको चौथो अधिवेशनको पहिलो बैठकबाट उनले विश्वासको मत लिने तयारी गरेका हुन्।
दिउँसो ४ बजे बस्ने प्रदेससभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने तयारी गरेका छन्।
केन्द्रमा सत्ता समीकरण फेरिएपछि सरकारमा सहभागी माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि चौधरी नेतृत्वको सरकार अल्पमतमा परेको थियो।
उनी १४ वैशाखमा ८ राजनीतिक दल र एक स्वतन्त्रगरी ५३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।
८७ सदस्यीय प्रदेससभामा राप्रपाका एक सांसद निलम्बनमा परेपछि ८६ सदस्य कायम छ। बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक हुन्छ।
प्रदेससभामा नेपाली कांग्रेस २७, नागरिक उन्मुक्ति पार्टीका ४, राप्रपा ३, लोसपा ३, जनमत ३ र जनमोर्चाका १ सांसद छन्।
यस्तै एमालेका २९, माओवादी केन्द्र (सभामुखबाहेक) १०, जसपा ३, एकीकृत समाजवादीका १ र स्वतन्त्र १ सांसद छन्।
Leave a Reply