लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

जनकपुरधाम- प्रहरीले सुनसरीको इटहरीबाट लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले इटहरी उपमहानगरपालिका–१६ बस्ने ३१ वर्षीय सुजन भन्ने बालकृष्ण घिमिरे र वडा नम्बर ८ बस्ने २३ वर्षीय प्रिवेष पौडेललाई पक्राउ गरेको हो।

इटहरी–१६ मा ब्राउन सुगर खरिद बिक्री कारोबार भइरहेको गोप्य सूचनाका आधारमा कोसी प्रदेस प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रूपमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

सुजनको शरीर खानतलासी गर्दा चुरोटको बट्टामा लुकाइ राखेको ४ ग्राम ७७० मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

त्यस्तै उनको घरमा तलासी गर्दा भर्‍याङमुनि लुकाइछिपाइ राखेको अवस्थामा थप ३ ग्राम ब्राउन सुगर बरादम भएको प्रहरीले जनाएको छ।

ब्राउन सुगर खरिद बिक्रीसम्बन्धी कसुरमा संंलग्न रहेको आरोपमा प्रिवेशलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *