जनकपुरधाम- रौतहटको राजपुर नगरपालिकामा एक भारतीय नागरिकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव बरामद भएको छ।
राजपुर–१ पिपरा भगवानपुरको पूर्वतर्फ इद्रीस गेट छेउ हुलाकी सडकखण्डमा अन्दाजी ४५ वर्षीय भारतीय नागरिकको हत्या गरिएको शव बरामद भएको हो।
शवको प्रकृति हेर्दा धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी एलिजा गिरीले मृतकको गोजीबाट प्राप्त कागजपत्रमा बिहार मोतिहारीको नाम ठेगाना रहेको बताइन्।
शव भेटिएको स्थानबाट केही दूरीमा सिजे ०१–२५६८ नम्बरको मोटरसाइकलसमेत बरामद भएको छ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Leave a Reply