काठमाडौं- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा भएका छन्।
इलेक्ट्रिक चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा हाजिरी जमानीमा रिहा भएका हुन्।
महराको बयान कार्य सम्पन्न भइसकेको र उनको उमेर तथा शारीरिक अवस्थालेसमेत भाग्ने सम्भावना नभएकाले हाजिरी जमानीमा छाड्न अनुसन्धान अधिकारीले गरेको अनुरोधलाई जिल्ला सरकारी वकिलको कार्यालयले सहमति दिएको हो।
महरा विभिन्न रोगका कारणले हिरासतको अवधिमा पनि अस्पतालमा उपचाररत रहेको, शारीरिक अवस्था कमजोर देखि, वृद्ध नागरिक रहेको बयान कार्यसमेत सम्पन्न भएको हुँदा हिरासतमा राखिराख्न उपयुक्त नदेखिएको हुँदा आवश्यक परेकोे बखत उपस्थित गराउने गरी छोरा निर्मल महराको जिम्मामा छाड्न सहमति दिएको सरकारी वकिल कार्यालयका प्रवक्ता सिताराम अर्यालले जानकारी दिए।
Leave a Reply