रास्वापा बैठक : निर्णय लिने अधिकार सभापतिलाई

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सकिएको छ।

पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सोमबार बिहान बसेको रास्वपाको सचिवालय बैठक सकिएको हो।

बैठकले राजनीतिक विषयमा निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ।

सहप्रवक्ता प्रतिभा रावलका अनुसार राजनीतिक विषयमा तत्काल निर्णय लिनुपर्ने भएमा बैठकले त्यसको अधिकार सभापति लामिछानेलाई दिएको हो।

दलहरूबीच नयाँ राजनीतिक गठबन्धन निर्माणको तयारी चलिरहेका बेला रास्वापाले सचिवालय बैठक बोलाएर निर्णय लिने अधिकार सभापतिलाई दिएको हो।

सोमबार बिहान एमाले सचिवालयको आकस्मिक बैठक पनि बसेको थियो।

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ घटनाक्रम विकास हुनसक्ने अवस्था देखिएको बताए।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न जसपाले पनि कार्यकारिणी समितिको बैठक बोलाएको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *