काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा पार्टीका तर्फबाट विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ।
कांग्रेस संसदीय दल कार्यसमितिको मंगलबार बसेको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
राष्ट्रियसभा उपाध्यक्षका लागि बुधबार निर्वाचन हुँदैछ।
राष्ट्रियसभा उपाधयक्ष निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको समय तोकिएको छ।
संसदीय दल कार्यसमितिको बैठकमा प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीका सम्बन्धबारे समेत छलफल भएको थियो।
Leave a Reply