काठमाडौं- राष्ट्रियसभा अध्यक्ष पदका लागि माओवादी केन्द्रबाट नारायण दाहाल र नेपाली कांग्रेसबाट युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन्।
राष्ट्रियसभा अध्यक्षका लागि दाहाल र शर्माले सोमबार उम्मेदवारी दर्ता गराएका हुन्।
सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका दाहालको प्रस्तावकमा माओवादीका गोपी सार्की अछामी र समर्थकमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद रहेका छन्।
यस्तै कांग्रेसका उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोसपाका शेखरकुमार सिंह छन्।
राष्ट्रियसभाको मंगलबार बस्ने बैठकमा अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ।
Leave a Reply