जनकपुरधाम- राष्ट्रपति रामचन्द्र पौडेल महोत्तरी पुगेका छन्।
विभिन्न कार्यक्रममा सहभागी हुन उनी शनिबार महोत्तरी पुगेका हुन्।
पौडेलले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित जलेश्वरनाथ महादेवको पूजाअर्चना गरेका छन्।
राष्ट्रपति पौडेलले मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले बाबा जलेश्वरनाथको मूल गुफा जलभित्र रहेका जलेश्वरनाथ महादेवको विशेष पूजाअर्चचना गराएका थिए।
यसअघि उनले पिपरामा लोकतान्त्रिक आन्दोलनका योद्धा रामनारयण मिश्रको शालिकमा माल्यार्पण गरेका थिए।

महोत्तरीको पिपरमा स्वर्गीय रामानारायण मिश्रको शालिकमा माल्यार्पणपश्चात
जलेश्वरनाथ मन्दिरमा पूजाअर्चनापछि पौडेलको पूर्वखेलकुदमन्त्री स्वर्गीय गणेश नेपालीको शालिक अनावरण गर्ने कार्यक्रम रहेको छ।
शालिक अनवारणका लागि पौडेल स्वर्गीय नेपालीको गाउँ जलेश्वर नगरपालिका–५ चौरिया पुगेका छन्।
त्यस्तै उनको मटिहानी नगरपालिकामा सहिद केशव कोइरालाका शालिक अनावरण गर्ने कार्यक्रमसमेत रहेको छ।
राष्ट्रपतिको भ्रमणलाई मध्यनजर गरी त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ।
Leave a Reply