जनकपुरधाम- राष्ट्रपति रामचन्द्र पौडेल महोत्तरी आउने भएका छन्।
विभिन्न कार्यक्रममा सहभागी हुने उनी चैत ३ गते महोत्तरी आउन लागेका हुन्।
राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल पहिलोपटक महोत्तरी आउन लागेका हुन्।
नेपाली कांग्रेस महोत्तरीकी नेतृ ममता महतोले चैत ३ गते उनको महोत्तरी आउने कार्यक्रम तय भएको जानकारी दिइन्।
नेतृ महतोका अनुसार राष्ट्रपति पौडेलको चैत ३ गते पिपरा गाउँपालिकाको पिपरास्थित स्वर्गीय रामनारायण मिश्रको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ।
पिपराको कार्यक्रमपछि पौडेलको जलेश्वर र मटिहानीमा आयोजना कार्यक्रममा सहभागी हुनेछन्।
उनको जलेश्वर नगरपालिका–५ मा प्रजातान्त्रिक योद्धा गणेश नेपाली र मटिहानी नगरपालिकामा केशव कोइरालाको प्रतिमा अनावरण गर्ने कार्यक्रम तय भएको छ।
Leave a Reply