काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनमा झडप भएको छ।
सिंहदरबारमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो।
झडप नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ।
प्रदर्शनका क्रममा प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ।
संवैधानिक राजतन्त्रको पुनःस्थापनासहित संघीयता र धर्मनिरपेक्षता खारेजीको माग राख्दै राप्रपाले काठमाडौंमा प्रदर्शन गरेको हो।
राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ४० बुँदे माग बुझाउँदै आन्दोलनको घोषणा गरेको थियो।
अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने, प्रदेस संरचनाको खारेजी, केन्द्र सरकार र अधिकारप्राप्त स्थानीय तह बनाउनुपर्ने लगायतका माग राप्रपाले गरेको छ।
Leave a Reply