राप्रपाको नियत र डा.धवलको धङ्गधङ्गी!!

काठमाडौं – आजकाल दिन र हप्ता विराउँदै राजतन्त्र फर्काउने नाममा देशका विभिन्न स्थानहरुमा सानातिना आन्दोलन भइरहेका छन्। ति आन्दोलनमा राजनीतिक दलका रुपमा राष्ट्रिय प्रजातन्त्रपार्टीको अगुवाइ रहन्छ। अनि मिसिन्छन् विभिन्न खाले संगठन र अभियान्ताहरु।

शाह वंशीय परम्पराको अन्त्य भएको साक्षी नारायणहिटी संग्रहालय अघिल्लतिर जम्मा भएका राजाका समर्थकहरुले राजा फर्काउने भन्दै भाषण र नाराबाजी गरेकाछन्।

शनिवार त्यस्तै आन्दोलनको नेतृत्वका लागि सडकमा थिए राप्रपा महामन्त्री डा.धवलशम्सेर राणा।

उनी बाँके क्षेत्र नं.२ बाट निर्वाचित सांसद पनि हुन्। राणाले भाषण गरिरहँदा उनको भाषणलाई समर्थन गर्दै दुर्गा प्रसाईंले राणाको हात तानेर आफ्नो उपस्थिति दरिलो रुपमा प्रस्तुत गरे।

२०५४ सालमा एमालेको तर्फबाट नेपालगन्जको मेयर जितेका राणाले २०७९ मा एमालेकै समर्थन बोकेर संसदको चुनाव पनि जिते। राष्ट्रिय राजनीतिमा उनी त्यतिबेला चर्चामा आए जब माओवादीसँग नेपालगन्ज र हापुरेमा वार्ता हुँदै थियो।

कमल थापा र दरबारसँग नजिकिए। डा.राणाको घरमा वार्ता टोलीका केही नेता तथा व्यक्तिहरु आश्रय लिएर बसेका थिए।

राजनीतिक महत्वाकांक्षा पूरा गर्न उनलाई नेपालगन्जका मतदाताले दोश्रो पटक २०७४ मा मेयर बनाए। सासंद बन्ने उनको उत्कण्ठ अभिलाषा पटक–पटक विफल भए। उनलाई तगारो थिए, कांग्रेसका नेता सुशील कोइराला।

कहिले जसपाका मो.इस्तियाक राई पनि उनका बलिया प्रतिद्वन्दि भइदिए। तर २०७९ मा डा.राणाले संसदको चुनाव जिते।

यता कमल थापासँग राजनीतिक रुपमा सहकार्य फाट्यो। कति त उनको र थापाको व्यक्तिगत ‘च्वाइस’ मा पनि समस्या रहे। अनि राजेन्द्र लिङ्गदेनको फेरो समातेर पार्टीमा महामन्त्री पनि भए। डा.राणाको दरबारसँग सम्बन्ध राजनीतिक रुपमा थप विस्तार पनि हुन थाल्यो।
.
कुनै बेलाका पशुपतिशम्सेर राणा र डा.प्रकाशचन्द्र लोहनी कै ‘रिप्लेसमेन्ट’ पात्र भएर उभ्रिए डा.धवल।

राजनीतिक यात्राको उचाईंमा चुलिरहँदा डा.राणा यतिबेला पूर्वराजालाई श्रीपेच पहि¥याउने धङ्गधङ्गीमा छन्। संसदीय क्षेत्रमा चुनावका गरेका वाचाहरुलाई बिर्सेर उनि आवश्यक परे सासंद पदबाट समेत राजीनामा दिइ राजनीतिक ‘कोर्स’ बदल्ने दरबारमार्गको बाटोमा हिंड्न थाले।

बाँकेको जमिनि हालात हिन्दू र मुस्लिम मतदाताको ध्रुवीकरण, एमालेको साथ र कांग्रेसको कम्जोरीले उनलाई चुनाव जित्न मदत गरेको थियो। जनमत लिँदा उनी विकास प्रेमीको भूमिकामा देखिए।

यतिबेला भने उनि चुनावका बाचा र मतदाताको जनमतलाई उपेक्षा गर्ने हदसम्म अघि बढिरहेकाछन्। राप्रपा यतिबेला आफ्नो राजनीतिक मार्गमा विचलित पनि देखिन्छ। खासगरी संघीयताका विषयमा। कोशी प्रदेशमा जे भूमिका निभाइरहेको छ राप्रपा त्यो द्वैद चरित्र हो। पार्टीभित्रै पनि यतिबेला राजनीतिक लाइनको संकट छरपस्ट देखिएका छन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *