काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छोडेर राष्ट्रिय मुक्ति आन्दोलनको घोषणा गरेका राजेन्द्र महतो पक्राउ परेका छन्।
सरकारले घोषणा गरेको निषेधित क्षेत्र तोड्न माइतीघर मण्डेला पुगेका महतो पक्राउ परेका हुन्।
माइतीघर क्षेत्रको निषेधाज्ञा तोड्न अघि बढेपछि प्रहरीले महतोसहितका नेता कार्यकर्तालाई पक्राउ गरेको हो।
सोमबार लोसपा परित्यागको घोषणा गदै महतोले निषेधित क्षेत्र माइतीघरमा प्रदर्शन गर्ने बताएका थिए।
माइतीघर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेर सरकारले शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिकको अधिकारमाथि हस्तक्षेप गरेको उनको भनाइ थियो।
मिटरब्याजपीडितसँगको भेटमा बुधबार माइतीघर पुगेर आफूसँगै प्रदर्शन गर्न आग्रह गरेका थिए।
Leave a Reply