जनकपुरधाम- जनमत पार्टीका अध्यक्ष सिके राउतले २०८४ को चुनावका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई विचार पुर्याउन सुझाव दिएका छन्।
इलाम उपनिर्वाचनमा रास्वपा उम्मेदवार मिलन लिम्बूको जमानत जफत भएपछि अध्यक्ष राउतले यस्तो सुझाव दिएका हुन्।
इलाम–२ मा आफ्नो पार्टीले ११८ (०.१७ प्रतिशत) मत पाउँदा ७.३ प्रतिशत मत प्राप्त गरेको रास्वपाको पनि जमानत नजोगिएको उनले उल्लेख गरेका छन्।
राउतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘रास्वपाको नेतृत्व र साथीहरूले पनि बुझ्नुपर्ने हो–मैले आन्दोलनका लागि पटकपटक आग्रहगर्दा उहाँहरू २०८४ मा दुईतिहाइ एक्लै ल्यान्छ भनेर ढुक्क बस्नुभएको थियो। बारा र इलाममा जमानत जतफ भएको भोग्नुभयो, विचार गर्नुहोला। शुभचिन्तकको नाताले मात्रै खुलेआम भन्दैछु।’
उनले आफ्नो पार्टीले इलाम–२ मा पाएको मत कम भए पनि अपेक्षाभन्दा फरक नभएको बताएका छन्।
अध्यक्ष राउतले यही व्यवस्था रहे २०८४ मा पनि कुनै नयाँ कुरा नहुने दाबी गरेका छन्।
इलामको परिणाम कोट्याउँदै उनले भनेका छन्,‘इलामको मतपरिणामले धेरैका लागि धेरै अर्थ राख्ला–तर एउटा कुरा निश्चित के छ भने यही व्यवस्था रहने हो र नौलो गणतन्त्र नआउने हो भने २०८४ मा पनि कुनै नयाँ कुरा हुनेवाला छैन। झन् पुराना पार्टी र पात्रहरूकै बिगबिगी रहनेछ, फेरि गठबन्धनकै सरकार बनिरहेछन्, प्रदेस सरकारहरू फेरि हरेक महिना दुई महिनामा ढलिरहनेछन्, गठबन्धनको बैठकमा भागबन्डाको विषयमाले मात्रै प्रवेश पाइरहनेछ, देशको अर्थतन्त्र र देश डुबिरहनेछ, युवाहरू विदेश पलायन भइरहनेछन् र चेतना फैलाउने वा विरोध गर्नेहरू पक्राउ परिरहनेछन्।’
Leave a Reply