जनकपुरधाम- मौसम विज्ञान विभागले मुलुकको पहाडी भागमा आंशिक बदली रही बागमती र कोसी प्रदेसका एक दुई स्थानमा हल्का वर्षा हुने तथा बाँकी भूभागमा आंशिक बदली हुने जनाएको छ।
हाल पश्चिमी वायु, स्थानीय वायुका साथै भारत बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेकाले वर्षा र आंशिक बदली हुने विभागले जनाएको हो।
विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेसका केही स्थानका साथै बाँकी प्रदेसको केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
गण्डकी, लुम्बिनी र कर्णाली प्रदेसका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यसैगरी आज राति देशभर आंशिक बदली हुने विभागले जनाएको छ।
कोसी, मधेस, बागमती र गण्डकी प्रदेसका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाका साथै बाँकी प्रदेसको एक दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्का वर्षाको सम्भावना छ।
त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
Leave a Reply