जनकपुरधाम- भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले आसन्न लोकसभा चुनावका लागि १९५ उम्मेदवारको पहिलो सूची जारी गरेको छ।
आगामी अप्रिल र मे गरी दुई चरणमा हुन लागेको लोकसभा चुनावका लागि भाजपाले उम्मेदवारहरूको पहिलो सूची सार्वजनिक गरेको हो।
भाजपाले सार्वजनिक गरेको सूचीअनुसार प्रधानमन्त्री नरेन्द्र मोदी फेरि वाराणासीबाट चुनाव लड्ने भएका छन्।
सन् २०१४ र २०१९ मा भएको लोकसभा चुनावमा उनी त्यही सिटबाट निर्वाचित भएका थिए।
मोदी लगातार तेस्रोपटक वाराणसीबाट चुनाव लड्न लागेका हुन्।
त्यस्तै गृहमन्त्री अमित शाह पनि आफ्नो पुरानै सिट गुजरातको गान्धीनगरबाटै चुनाव लड्ने भएका छन्।
त्यस्तै असमको डिब्रुमढबाट सर्वानन्द सोनोवाल दोस्रोपटक चुनावी मैदानमा उत्रिने भएका छन्।
भाजपाले पहिलो चरणमा १६ प्रदेस र २ केन्द्र शासित प्रदेसका १९५ सिटका लागि उम्मेदवार तय गरेको हो।
यो सूचीमा ३४ केन्द्रीय र राज्यमन्त्री सामेल छन्। त्यस्तै लोकसभा अध्यक्षका साथै दुई पूर्वमन्त्री पनि यो सूचीमा छन्।
पहिलो चरणको सूचीमा २८ महिला, ५० वर्षभन्दा कम उमेरका ४७, अनुसूचित जातिका २७ र अनुसूचित जनजातिका १८ जना उम्मेदवार अटाएका छन्।
त्यस्तै पिछडिएको वर्गका ५७ जनालाई पनि उम्मेदवार बनाइएको छ।
उत्तर प्रदेसका ५१, पश्चिम बंगालका २०, मध्यप्रदेसका २४, गुजरातका १५, राजस्थानका १५, केरलका १२, तेलंगानाका ९, छत्तिसगढका ११ प्रत्याशीको नाम घोषणा गरिएको छ।
त्यस्तै दिल्लीमा पाँच, जम्मु कश्मीरमा दुई, उत्तराखण्डमा तीन, अरुणाचल प्रदेसमा दुई, गोवामा एक, त्रिपुरामा एक, अन्डमान निकोबार र दमनदीवका लागि एक–एक सिटको घोषणा भाजपाले गरेको छ।
Leave a Reply