काठमाडौं – भारतीय मोडेल पुनम पाण्डेले आफू जीवित रहेको बताएकी छन्।
सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो ‘मृत्युको खबर’ जारी गरेको एक दिनपछि पाण्डेले आफू जीवित रहेको बताएकी हुन्।
शनिबार इन्स्टाग्राममा एक भिडियो सन्देश जारी गर्दै उनले भनेकी छन्,‘म तपाईंहरूसँग केही महत्वपूर्ण कुरा साझा गर्न जरूरी सम्झेको छु। म जीवित छु।’
एक दिनअघि पाण्डेको सर्भिकल क्यान्सरबाट निधन भएको उनको आधिकारिक इन्स्टाग्राम ह्यान्डमार्फत जानकारी दिइएको थियो।
शनिबार पोस्ट गरिएको भिडियोमा पाण्डेले भनेकी छन्,‘जागरूकता फैलाएर एकअर्कालाई सशक्त बनाऔं। महिलाहरूलाई जरूरी विषयमा जानकारी गराऔं। सबै जना मिलेर यो रोगको विनाशकारी प्रभावलाई अन्त्य गर्ने प्रयास गरौं।’
शुक्रबार पाण्डेको निधन भएको खबर आएपछि धेरैलाई विश्वास लागेको थियो।
उनको पारिवारिक सदस्यका तर्फबाट पनि सार्वजनिक रूपमा केही भनिएको थिएन। पाण्डेको निधन कहाँ भयो भन्ने कुरा पनि प्रष्ट थिएन।
३२ वर्षीया पाण्डे सामाजिक सञ्जाल र मोडलिङका लागि चर्चित नाम हुन्। उनी यसअघि पनि प्रचारका लागि विवादित तरिका अपनाइसकेकी छन्।
Leave a Reply