विराटनगर- कोसी प्रदेसका मुख्यमन्त्री केदार कार्कीले संविधानअनुसार अर्को सरकार बनाउन नमिल्ने आशयसहितको जानकारीपत्र प्रदेस प्रमुखलाई बुझाएका छन्।
मंगलबार प्रदेस प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्री कार्कीले प्रदेस प्रमुख परशुराम खापुङलाई पत्र बुझाएका हुन्।
प्रदेससभाबाट आफूविरूद्ध पारित भएको संकल्प प्रस्ताव संविधानबमोजिम नभएको भन्दै मुख्यमन्त्री कार्कीले प्रदेस प्रमुख खापुङसमक्ष जानकारीपत्र बुझाएका हुन्।
कार्कीविरूद्ध ७ वैशाखमा कोसी प्रदेससभाबाट संकल्प प्रस्ताव पारित भएको थियो।
सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको मितिले ३० दिनभित्र विश्वासको मत लिन वा राजनीनामा दिइ मार्गप्रशस्त गर्न नेकपा एमालेसहितका विपक्षी दलको बहुमतबाट यो प्रस्ताव पारित भएको थियो।
संकल्प प्रस्तावमार्फत कोसीमा नयाँ सरकार गठन गर्न नमिल्ने मुख्यमन्त्री कार्कीको दाबी छ।
संवैधानिक तबरबाट रिक्त नभएसम्म अर्को मुख्यमन्त्रीको चयन हुन नसक्ने प्रदेस प्रमुखलाई बुझाएको पत्रमा उनले उल्लेख गरेका छन्।
प्रदेस प्रमुखमार्फत राष्ट्रपतिसमेतलाई बोधार्थ राखिएको पत्रमा ‘नेपालको संविधानको धारा १६८ को उपधारा ५ को विकल्पमा १६८ (२) वा १६८ (३) को सरकार बन्न नसक्ने’ कार्कीले उल्लेख गरेका छन्।
त्यस्तै नेपालको संविधानको धारा १८८ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्यांशलाई प्रदेससभाको संकल्प प्रस्तावले निस्तेज बनाउन नसक्ने तथा प्रदेससभाबाट सूचना सम्प्रेषण गर्ने भनी प्रदेस प्रमुखसमक्ष निर्देशन गर्न नमिल्ने विषय पनि पत्रमा प्रष्ट पारिएको छ।
Leave a Reply