
तस्बिर : तुलसियाही जब्दी हाइलाइट
जनकपुरधाम- नेपालकै सबैभन्दा लामो धार्मिक यात्रा १५ दिने मिथिला मध्यमा परिक्रमा धनुषाको मुखियापट्टी मुसहरनिया हुँदै बुधबार नेपाल प्रवेश गरेको छ।
मंगलबार भारतको कलाणेश्वरबाट सुरू भइ गिरिजास्थानमा विश्राम गरेको परिक्रमा मुखियापट्टी मुसहरनिया हुँदै नेपाल प्रवेश गरेको हो।
जमुनी नदी पार गरेर नेपाल प्रवेश गरेका परिक्रमामा सहभागी श्रद्धालुहरूलाई मुखियापट्टी गाउँपालिकाका अध्यक्ष जयकुमार यादवसहित स्थानीयवासीले स्वागत गरेका थिए।
परिक्रमाका श्रद्धालुहरूको स्वागतका लागि स्थानीय युवाहरूले निःशुल्क खाना, पानीका साथै वासको व्यवस्था गरेका छन्।
जनकपुरधामबाट सुरू भइ भारतको कलाणेश्वर र गिरिजास्थानबाट हिँड्ने परिक्रमा हरेक वर्ष मुखियापट्टी मुसहरनियाँ हुँदै नेपालको सीमा प्रवेश गर्ने गर्दछ।
मुखियापट्टी मुसहरनियामा केहीबेरको विश्रामपछि मिथिला मध्यमा परिक्रमा महोत्तरीको मटिहानी पुगेको छ।
मटिहानी नगरपालिकाका साथै स्थानीयवासीले परिक्रमाका श्रद्धालुहरूलाई भव्य स्वागत गरेका छन्।
मटिहानी नगरपालिकाका मेयर हरि मण्डलले हरेक वर्षजस्तै यसपालि पनि परिक्रमावासीहरूलाई भव्य स्वागत गरिएको बताए।
एक दिन मटिहानीमा परिक्रमाका श्रद्धालु विश्राम गर्ने वर्षौं पुरानो परम्परा रहेको बताउँदै उनले श्रद्धालुहरूको वासलगायतका सबै व्यवस्था गरिएको जानकारी दिए।
१५ दिनसम्म चल्ने यो धार्मिक यात्रा जनकपुरधामको हनुमानगढी, भारतको कलाणेश्वर, गिरिजास्थान, महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर र औरही पुग्नेछ।
औरहीबाट पुनः भारतको करूणा, विसौललगातका धार्मिकस्थल हुँदै १५ औं दिन पुनः जनकपुर पुग्नेछ।
नेपाल तथा भारतसहित कुल १३३ किलोमिटर दूरीको धार्मिकयात्रा जनकपुरधामको परिक्रमा।९अन्तगृह० पश्चात फागु पूर्णिमाका दिन सम्पन्न हुनेछ।
परिक्रमामा नेपाल तथा भारतका हजारौं श्रद्धालु सहभागी हुने भएकाले मिथिला मध्यमा परिक्रमालाई मिथिलाको कुम्भसमेत भन्ने गरिन्छ।
१५ दिन मिथिला मध्यमा परिक्रमा गरेपछि पापमोक्ष हुनुका साथै मनोबञ्छित फल प्राप्त हुने जनविश्वास रहेको छ।
Leave a Reply