मुखियापट्टी मुसहरिनया गाउँपालिकामा नागरिक आरोेग्य सेवा केन्द्र सञ्चालन गर्न सम्झौता

जनकपुरधाम- धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा ‘नागरिक आरोग्य सेवा केन्द्र’ सञ्चालनमा आउने भएको छ।

प्रदेस सरकारको वार्षिक नीति तथा कार्यक्रमअनुसार नागरिक आरोग्यताका लागि ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ अनुसार ‘नागरिक आरोग्य सेवा केन्द्र’ सञ्चालनमा आउन लागेको हो।

‘नागरिक आरोग्य सेवा केन्द्र’ सञ्चालन गर्न सोमबार मुखियपाट्टी मुसहरनिया गाउँपालिका र प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय जनकपुरधामबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सोमबारबाटै लागु हुने सम्झौताअनुसार नागरिकको आरोग्य सेवा प्रवाहका लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधारहरू (भवन, फर्निचरलगायतका अन्य आवश्यक सामग्री) गाउँपालिका कार्यालयले उपलब्ध गराउनेछ।

आधारभूत आयुर्वेद सेवा प्रवाहका लागि आवश्यक औषधिहरू प्रदेस सरकारको प्राप्त बजेटबाट उपलब्ध भएसम्म प्रादेशिक आयुर्वेद चिकित्सालयले र अपुग औषधिको हकमा गाउँपालिका कार्यालयले उपलब्ध गराउने सम्झौता भएको छ।

आयुर्वेद सेवा र समान्य आयुर्वेद उपचारलगायतका सेवाको समुचित व्यवस्था गाउँपालिका कार्यालयको समन्वयमा आयुर्वेद चिकित्सालयले गर्नेछ।

गाउँपालिकाको वडा नम्बर ३ तुलसियाहीमा सेवा केन्द्र रहनेगरी भएको सम्झौतामा आयुर्वेद चिकित्सालयका प्रमुख डा.महारुद्रकुमार ठाकुर र गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीले हस्ताक्षर गरेका छन्।

त्यस्तै सम्झौतापत्रको रोहबरमा गाउँपालिका अध्यक्ष जयकुमार यादव, प्रादेशिक आयुर्वेद चिकित्सालयका प्रशासन शाखा प्रमुख भोला महतो र गाउँपालिका कार्यालयका स्वास्थ्य संयोजक रामपुकार दासको हस्ताक्षर छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *