जनकपुरधाम- धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले कृषकहरूलाई निःशुल्क बिऊ वितरण कार्य सुरू गरेको छ।
पालिकामातहतका कृषकहरूलाई पूर्ण अनुदान सहयोगमा गाउँपालिका कार्यालयले कृषि बिऊ वितरण कार्य सुरू गरेको हो।
गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले पालिकाभरका सबै कृषकहरूलाई निःशुल्क वितरण गरिएको जानकारी दिए।
‘किसानहरूलाई सहयोग पु¥याउने उद्देश्यले हामीले यो कार्यक्रमको घोषणा गरेका थियौं,’ उनले भने,‘गाउँपालिकाको तर्फबाट निःशुल्क बिऊ वितरण गर्दैछौं।’
अध्यक्ष यादवले खेतीका लागि धानका साथै सातखाले बिऊ वितरण गर्न लागिएको जानकारी दिए।
कृषि गर्ने पालिकाका हरेक घरलाई बिऊ वितरण गर्ने कार्यक्रम रहेको उनको भनाइ छ।
‘कसले पाउने कसले नपाउने भनेर वर्गीकृत गरेका छैनौं, कृषि गर्ने सबै घरपरिवारमा बिऊ वितरण गर्ने लक्ष्य राखिएको छ,’ उनले भने,‘आवश्यक्ताअनुसार सबै घरधुरीलाई पूर्ण अनुदानमा बिऊ वितरण गर्दैछौं।’
गाउँपालिकाले सञ्चालनमा ल्याएको यो कार्यक्रमबाट खेतीबारीमा निर्भर कृषकहरू लाभान्वित हुने विश्वास व्यक्त गरे।
Leave a Reply