मिटरब्याजपीडितलाई सरकारले वार्तामा बोलायो

काठमाडौं- सरकारले मिटरब्याजपीडितलाई वार्तामा बोलाएको छ।

२५ दिन हिँडेर संघीय राजधानी काठमाडौं आएको पाँच दिनपछि सरकारले मिटरब्याजपीडितहरूलाई वार्तामा बोलाएको हो।

प्रतिनिधिसभाका आइतबारको बैठकमा शून्य र विषेश समयमा बोल्दै सांसदहरूले मिटरब्याजपीडितहरूको समस्या सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण गराएका थिए।

गृह मन्त्रालयले मिटरब्याज तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समितिलाई पत्र लेखेर वार्तामा बोलाएको छ।

गृहले समस्या समाधानका लागि बढीमा पाँच सदस्यीय वार्ता टोली गठन गरी छलफल गर्न मन्त्रालयमा उपस्थित हुन भनेको छ।

पूर्व र पश्चिमबाट करिब सात सय मिटरब्याजपीडितहरू काठमाडौं आएका छन्। काठमाडौं आएका मिटर ब्याजपीडितहरूले त्रिभुवन पार्कमा आश्रय लिएका छन्।

मिटरब्याज सम्बन्धमा २३ हजार बढी निवेदनको फर्छयौट हुन बाँकी रहँदै उच्चस्तरीय छानबिन आयोगको म्याद सकिएपछि पीडितहरू पुनः आन्दोलित भएका हुन्।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *