जनकपुरधाम- अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय कपिलवस्तुका नायब सुब्बालाई घुससहित पक्राउ गरेको छ।
अख्तियारको टोलीले नायब सुब्बा नरहरी खनाललाई ३० हजार घुस रकमसहित पक्राउ गरेको हो।
खनालललाई जग्गा नामसारी गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्रहीबाट नगद ३० हजार रूपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ।
अख्तियारको टोलीले मालपोत कार्यालयनजिकै रहेको उनको कोठाबाट पक्राउ गरेको हो।
खनालका विषयमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
Leave a Reply