काठमाडौं- नेपाली सेनाका महासेनानी दिरेन्द्र मल्ल बर्खास्त भएका छन्।
विभिन्न कागजातमा कैफियत देखिएपछि नेपाली सेनाले महासेनानी मल्ललाई बर्खास्त गरेको हो।
न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको नेपाली नियोगमा काम गर्दै आएका उनलाई नेपाली सेनाको समरी सैनिक अदालतले झिकाएर बर्खास्त गरेको हो।
मल्लविरूद्ध उमेरसम्बन्धी उजुरी परेको थियो।
नेपाली सेनाले उनीमाथि छानबिन गर्न कोर्ट अफ इन्क्वाइरी गठन गरेको थियो।
नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले महासेनानी मल्ल भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट अलग भएको बताएका छन्।
प्रवक्ता केसीका अनुसार प्रमाणपत्रहरूमा कैफियत देखिएकाले छानबिनपछि मल्ल बर्खास्तमा परेका हुन्।
Leave a Reply