मस्को कन्सर्ट हल आक्रमणमा मारिनेको संख्या ११५ पुग्यो

जनकपुरधाम- मस्कोको एउटा कन्सर्ट हलमा बन्दुकधारीले गरेको आक्रमणमा मारिनेको संख्या ११५ पुगेको रूसका अनुसन्धान अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार थप शवहरू क्रोकुस सिटी हलभित्र भेटिएका थिए।

बन्दुकधारीहरूको आक्रमणका क्रममा ठूलो आगलागी हुँदा हलको छानो खसेको थियो।

घटनामा १४० भन्दा बढी घाइते भएका छन्।

इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको यो आक्रमणलाई अधिकारीहरूले आतंकवादी हमला भनिरहेका छन्।

अधिकारीहरूले पक्राउ परेका ११ जना शंकास्पद व्यक्तिहरूमध्ये चार जना घटनामा प्रत्यक्ष संलग्न भएको बताएका छन्।

एक जना रूसी सांसदका अनुसार घटनाका मुख्य आरोपी चार जना कारमा भागेर घटनास्थलभन्दा कैयौं किलोमिटर टाढा रूसको दक्षिण पश्चिमी क्षेत्रमा पुगिसकेका थिए।

किएभका अधिकारीहरूले घटनाका आरोपितहरू युक्रेनी सीमातर्फ भाग्दै गरेको भन्ने रूसी सुरक्षा अधिकारीहरूको दाबीप्रति आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमा राखिएका भिडियोमा सैन्य पोसाक लगाएका चार जना व्यक्तिहरू क्रास्नोगोस्र्कमा रहेको क्रोकुस सिटी हलको लबीमा प्रवेस गर्ने क्रममा गोली चलाइरहेको देखिन्छ।

अमेरिकी अधिकारीहरूले आफ्नो गुप्तचरी सूचना इस्लामिक स्टेटको दाबीसँग मेल खाएको जनाएका छन्।

दुई हप्ताअघि अमेरिकी राजदूतावासले उग्रवादीहरूले आक्रमणको योजना बुनिरहेको भन्दै मस्कोमा रहेका आफ्ना नागरिकहरूलाई भिडभाड हुने ठाउँमा नजान भनेको थियो।

रूस र युक्रेनबीच लडाइँ चलिरहेको समयमा भएको यो गोली काण्डमा आफू संलग्न नरहेको किएभले बताएको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *