मलंगवाबाट ५३ राउन्ड गोली बरामद

जनकपुरधाम- सर्लाहीको मलंगवाबाट प्रहरीले ५३ राउन्ड गोली बरामद गरेको छ।

बिहीबार मलंगवा–८ गोरखकाली नजिकबाट लुकाएर राखेको अवस्थामा प्रहरीले ५३ राउन्ड गोली बरामद गरेको हो।

स्थानीय चन्द्रभुषण यादवको घरअगाडि खाल्डो खनेर गाडेको अवस्थामा गोली बरामद भएको प्रहरीले जनाएको छ।

यादवको घरअगाडि खाल्डो खनेर गाडेको अवस्थामा गोली राखिएको सूचना प्रहरीलाई प्राप्त भएको छ।

खानतलासी गर्ने क्रममा यादवको घर भाडा लिएर ईश्वरपुर नगरपालिका–५ निवासी विजय महतोले सञ्चालन गरेको मोटरसाइकल वर्कसपको कवाड समान राखेको ठाउँबाट गोली बरामद भएको प्रहरीले जनाएको छ।

घटनास्थलबाट केएफ ७.६५ लेखिएको गोली बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।
बरामद भएको गोलीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *