जनकपुरधाम- नेपाली कांंग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले आफू मन्त्रीमण्डल पूर्नगठनमा आफू अनुकूल नभएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले कित्तातिर लागेको बताएका छन्।
नेपाली कांग्रेसको प्रशिक्षण शाखाले शनिबार जनकपुरधाममा आयोजना गरेको ‘महिला शक्तिकरण तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रमको’ उदघाटन गर्दै निधिले यस्तो बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले आफूअनुकूल मन्त्रीमण्डल बनाउन खोजे पनि त्यसका लागि कांग्रेस तयार नभएको उनको भनाइ छ।
निधिले सरकार गठन भएको एक वर्षपछि प्रधानमन्त्रीले मन्त्रीमण्डल पूर्नगठन गर्न खोज्दा कांग्रेसले नमानेपछि सत्ता गठबन्धन टुटेको जिकिर गरे।
उनले यतिबेला कांग्रेस सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरी जनताको हितका लागि काम गर्न अग्रसर हुनुपर्ने उल्लेख गरे।
Leave a Reply