काठमाडौं- मन्त्रिपरिषद बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो।
सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम पारित गरेको जानकारी दिइन्।
बैठकले १६ औं पञ्चवर्षीय योजनासमेत पारित गरेको छ।
मन्त्रिपरिषदबाट पारित भएको नीति तथा कार्यक्रम सरकारले आजै सार्वजनिक गर्दैछ।
दिउँसो ३ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची छ।
Leave a Reply