मधेस सरकारबाट बाहिरियो माओवादी

जनकपुरधाम- मधेस प्रदेस सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएका छन्।

प्रदेस सरकारमा सहभागी माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहेका भरतप्रसाद र युवराज भट्टराईले आइतबार राजीनामा दिएका हुन्।

सरोजकुमार यादव नेतृत्वको सरकारमा साह विनाविभागीय र भट्टराई उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री थिए।

दुवै जनाले आफ्नो संयुक्त राजीनामा मुख्यमन्त्री यादवलाई बुझाएका छन्।

माओवादी केन्द्रका दुवै मन्त्रीहरूले पदबाट राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएपछि मधेस प्रदेसमा समेत सरकार परिवर्तन हुनसक्ने अनुमान गरिएको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *