जनकपुरधाम- नेपाली कांग्रेसले मधेस प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
कांग्रेस प्रदेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेस प्रमुख सुमित्रा भण्डारीलाई गराएका हुन्।
‘उपरोक्त सम्बन्धमा मधेस प्रदेसको मुख्यमन्त्री नियुक्त गर्न संविधानको धारा १६८ अनुसार नेपाली कांग्रेस संसदीय दलको समर्थन रहेकोमा आजकै मितिबाट सो समर्थन फिर्ता लिइएको व्यहोरा जानकारीका लागि अनुरोध छ,’ संसदीय दलका नेता यादवले प्रदेस प्रमुखलाई पठाएको पत्रमा उल्लेख छ।
सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी कांग्रेसले प्रदेससभा सचिवालयलाई समेत दिएको छ।
कांग्रेसले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री यादवले फेरि प्रदेससभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ।
मुख्यमन्त्री नियुक्त गर्न समर्थन गरेको दलले समर्थन लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
योसँगै मुख्यमन्त्री यादवले १५ महिनाको अवधिमा तेस्रोपटक विश्वासको मत लिनेछन्।
केन्द्रमा गठबन्धन फेरिएसँगै मुख्यमन्त्री यादवले प्रदेसमा एमालेको इन्ट्री भएको छ। सरकारमा सहभागी कांग्रेसका तीन मन्त्रीलाई बर्खास्त गरेर उनले एमालेलाई मन्त्रिपरिषदमा सामेल गरेका छन्।
सरकारबाट बाहिरिएपछि कांग्रेसले समर्थन फिर्ता लिने निर्णय गरेको हो।
Leave a Reply