मधेसमा हावाहुरीको सम्भावना

जनकपुरधाम- मधेस, कोसी र लुम्बिनी प्रदेसका केही स्थानमा आज हुरी बतासको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बिहीबारको मौसमबारे सूचना जारी गर्दै विभागले यस्तो जनाएको हो।

मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको विभागले जनाएको छ।

विभागले जनाएअनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेसका पहाडी भागमा आंशिक बदली भइ बाँकी भागमा आंशिक मौसम सफा रहनेछ।

‘कोसी र गण्डकी प्रदेसका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा कोसी प्रदेसको उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। कोसी, मधेस र लुम्बिनी प्रदेसका केही स्थानमा हरी बतासको सम्भावना छ,’ विभागको बुलेटिनमा उल्लेख छ।

कोसी, मधेस र लुम्बिनी प्रदेसका केही स्थानमा हुरी बतासको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *