काठमाडौंं- नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मधेस प्रदेसमा आफ्नो पार्टीलाई मुख्यमन्त्रीको प्रस्ताव आएको बताएका छन्।
पार्टीको कोसी सम्पर्क कमिटीले शनिबार काठमाडौंमा आोजना गरेको कार्यक्रममा बोल्दै उनले पुरानो गठबन्धनले मुख्यमन्त्रीको प्रस्ताव गरेको बताएका हुन्।
नेपालले मधेसमा पुरानो गठबन्धनबाट मुख्यमन्त्रीको प्रस्ताव आए पनि पार्टीको हितलाई ध्यानमा राख्दै नयाँ गठबन्धनकै निर्णयअनुसार अघि बढाएको जिकिर गरे।
मुलुकको परिस्थितिअनुसार पनि केन्द्रको गठबन्धनलाई कायम राखेर जानुपर्ने अवस्था रहेको उनको भनाइ छ।
नेपालले अहिले प्रधानमन्त्रीको भूमिकालाई सकारात्मकरूपमा लिएको उल्लेख गरे।
समाजवादी मोर्चालाई पुनर्गठन गरेर अघि बढ्ने प्रयास भइरहेको उनले जानकारी दिए।
Leave a Reply