मधेसका सभामुख ‘महामूर्ख’

जनकपुरधाम- मधेस प्रदेसका सभामुख रामचन्द्र मण्डल ‘महामूर्ख’ घोषित भएका छन्।

मिथिला नाट्यकला परिषद (मिनाप) ले होली पर्वको अवसरमा आयोजना गरेको महामूर्ख सम्मेलनको २८ औं संस्करणमा मण्डल ‘महामूर्ख’ घोषित भएका हुन्।

होली पर्वको अवसरमा मिनापले हरेक वर्ष विशिष्ट व्यक्तिलाई महामूर्खको उपाधिले सम्मानित गर्दै आएको छ।

गत वर्ष यो उपाधिबाट जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह सम्मानित भएका थिए।

सभामुख मण्डललाई गत वर्ष ‘महामूर्ख’ को उपाधि पाएका मेयर साहले सम्मानित गरे।

होली सदभाव, मेलमिलाप र रङ्गका साथै एकअर्कामाथि व्यङ्ग्य प्रहार गर्ने पर्वसमेत भएकाले मिनापले समाजमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिहरूलाई महामूर्खका साथै अन्य मानपदवीबाट सम्मानित गर्दै आएको छ।

यस अवसरमा राजनीतिज्ञ, समाजसेवी, व्यवसायी, शिक्षक, पत्रकारलगायतलाई पटमूख, हराशंख, बज्रकीटजस्ता मानपदवी दिएर समान्नित गरिएको छ।

मानपदवी पाउने व्यत्तिहरू :

पटमूर्ख : सुभाषचन्द्र शिवाकोटी (प्रदेस अर्थ सचिव)

मूर्ख महामण्डलेश्वर : प्रेमविदेह ललन (साहित्यकार)

सदाबहार मूर्ख : महावीर दास (प्रअ)

वैशाखनन्दन : दिनेश पूर्वे (रङ्गशाला निर्माण अभियानी)

खेसारीलाल : नित्यानन्द मण्डल (सञ्चारकर्मी)

स्थायीमूर्ख : सुभाषचन्द्र साह (समाजसेवी)

निर्विकल्प मूर्ख : अनिल मिश्र (अध्यक्ष युनाप)

दिलतोडिया : वन्दना पाण्डेय (उपाध्यक्ष पिपरा गाउँपालिका)

हरिप्रिया : सुधिरा कर्ण (मिथिला चित्रकार)

लोढाशंकर : हरिशंकर साह (क्रिकेट कप्तान मधेस प्रदेस)

बुडिराज : विमल पण्डित

बज्रकीट : योगेन्द्र पण्डित (मूर्तिकार)

सोटाचन्द्र : अनिकेत रूङटा ( युवा व्यवसायी)

महामूखर्स सम्मेलनका क्रममा मैथिली क्षेत्रका कवि तथा साहित्यकारहरूले राजनीति, राजनीतिज्ञ, सामाजिक कुरूतिजस्ता विषयको उठान गरेर कवितामार्फत व्यङ्ग्यात्मक प्रस्तुति गरेका थिए।

आधुनिकताको प्रभावले पारम्परिक होलीको मौलिकता हराउन थालेकाले महामूर्ख तथा होरी महोत्सवजस्ता कार्यक्रमलाई मिनापले निरन्तरता दिँदै आइरहेको अध्यक्ष प्रमेश झाले बताए।

होलीको अवसरमा व्यङ्ग्य र ठठ्यौलीको रूपमा जनकपुरमा हरेक वर्ष महामुर्ख सम्मेलनको आयोजना हुने गरेको छ।
‘महामूर्ख’ को उपाधि पाउन जनकपुरमा तछारमछार हुने गरेको छ।

होलीको अवसरमा दिइने महामूर्खको उपाधि पाउने व्यक्ति आफूलाई गौरवान्वित ठान्ने गर्दछन्।

यसअघिका ‘महामूर्ख’ हरू

मिनापले २०६१ सालदेखि महामूर्ख सम्मेलनको आयोजना गर्दै आएको छ।

जनकपुरमा महामूर्खको उपाधि पाउने पहिलो व्यक्ति हुन् मैथिली कवि नरेश ठाकुर।

२०६२ मा तत्कालीन एमाले नेता शीतल झा, २०६३ मा जनकपुर नगरपालिकाका तत्कालीन मेयर हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सदभावना पार्टीका नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री एवं नेकपाका नेता रामचन्द्रले महामूर्खको उपाधि पाएका थिए।

यसैगरी २०६७ मा राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोस कापडि, २०६९ मा नेपाली कांग्रेसका नेता रामसरोज यादव, २०७० मा तत्कालीन संविधानसभा सदस्य डा.विजयकुमार सिंह, २०७१ मा तत्कालीन एमाले नेता शत्रुध्न महतो र २०७२ मा समाजसेवी पवन सिंहानीयाले महामूर्खको उपाधि पाएका थिए।

२०७३ मा मधेस आन्दोलनका कारण महामूर्ख सम्मेलन हुनसकेको थिएन। कार्यक्रम हुन सकेको थिएन।

मधेस आन्दोलनपछि भएको महामूर्ख सम्मेलनमा नेपालका लोकप्रिय कलाकारा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी), राष्ट्रियसभाका तत्कालीन सदस्य वृषेशचन्द्र लाल, मधेस प्रदेसका मुख्यमन्त्री लालबाबु राउत, जनकपुरधाम उपमहानगरपालिकाका तत्कालीन मेयर लालकिशोर साह र बहालवाला मेयर मनोजकुमार साह महामूर्खको उपाधिबाट सम्मानित भएका छन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *