भारतीय नम्बरको कारले ठक्करदिँदा धनुषामा मोटरसाइकल चालकको मृत्यु

जनकपुरधाम- धनुषामा भारतीय नम्बरको कारले ठक्करदिँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।

जनकपुरधाम–महेन्द्रनर सडकखण्डको लक्ष्मीनियाँ गाउँपालिका–६ मा मंगलबार दुर्घटना भएको हो।

दुर्घटनामा परी महोत्तरी लोहारपट्टी नगरपालिका–४ बस्ने अन्दाजी २५ वर्षीय रामबाबु साहको मृत्यु भएको प्रहरीले जनाएको छ।

जनकपुरधामबाट ढल्केबरतर्फ जाँदै गरेको प्र.२–०२–००४ प ६९४७ नम्बरको मोटरसाइकललाई डिएल १२ सी ०९४४ नम्बरको कारले पछाडिबाट ठक्कर दिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए।

उनले दुर्घटनामा घाइते भएका साहको उपचारको क्रममा लक्ष्मीनियाँस्थित सेन्ट्रल अस्पतालमा मृत्यु भएको बताए।

ठक्कर दिने कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने कार चालक फरार भएका छन्।

डिएसपी अवाले फरार कार चालकको पहिचान भइसकेको र खोजी कार्य भइरहेको जानकारी दिए।

प्रहरीका अनुसार कार चालक जनकपुरधाम–१८ बस्ने हुन्। खोजी कार्य भइरहेकोले प्रहरीले उनको नाम गोप्य राखेको छ।

यसअघि सोमबार साँझ यही सडक खण्डको मिथिला नगरपालिका–२ स्थित विश्वकर्मा चोकमा एम्बुलेन्सले मोटरसाइकललाई पछाडिबाट ठक्करदिँदा मोटरसाइकलमा सवार हरिहरपुर बस्ने अन्दाजी २२ वर्षीय जितेन्द्र महतोको मृत्यु भएको थियो।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *