जनकपुरधाम- भारतको दक्षिणी राज्य केरलमा भारी वर्षाका कारण पाँच जिल्लामा ‘रेड अलर्ट’ जारी गरिएको छ।
त्यहाँको मौसम विभागले राज्यका पाँच जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको हो।
त्यस्तै राज्यको बाँकी क्षेत्रमा ‘अरेन्ज अलर्ट’ जारी गरिएको छ।
मौसम विभागले बुलेटिन जारी गर्दै २४ र २५ मेमा केरलको विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
तिरूवन्तपुरम, कोल्लम, मलप्पुरम, कोझिकोड र वायनाडमा ‘अरेन्ज अलर्ट’ र कन्नुर तथा कासरगोड जिल्लामा ‘एलो अलर्ट’ जारी गरिएको छ।
वर्षाका कारण कोच्ची सहरको कैयौं क्षेत्र जलमग्न भएको छ। त्यहाँको ‘टेक हब इन्फोपार्क’ पानीमा डुबेको छ।
माझीहरूलाई समुद्रमा नजान निर्देशन दिइएको छ।
Leave a Reply