भारतको कलाणेश्वर पुग्यो मिथिला मध्यमा परिक्रमा

फाइल तस्बिर

जनकपुरधाम- नेपालको सबैभन्दा लामो दूरीको धार्मिक यात्रा मिथिला मध्यमा परिक्रमा सोमबार भारतको कलाणेश्वर पुगेको छ।

मिथिलाबिहारी र किशोरीजीको डोलासहित जनकपुरधामको हनुमानगढीबाट सुरू भएको १५ दिने मिथिला मध्यमा परिक्रमा कलाणेश्वर पुगेको हो।

कलाणेश्वर महादेवलाई साक्षी राखेर मंगलबारबाट किशोरीजी र मिथिलाबिहारीको डोलासहित मिथिला परिक्रमा विधिवत रूपमा सुरू हुनेछ।

जनकपुरधामस्थित अग्नीकुण्डका महन्त नवलकिशोर दासले कलाणेश्वर महादेवलाई साक्षी राखेर मंगलबारबाट मिथिला मध्यमा परिक्रमा विधिवत रूपमा सुरू हुने बताए।

जनकपुरधामको हनुमानगढीबाट सुरू हुने गरेको भनिए पनि औपचारिक रूपमा कलाणेश्वरबाट मिथिला मध्यमा परिक्रमा आरम्भ हुने उनको भनाइ छ।

हरेक वर्ष फागुन शुक्ल औंसी तिथिका दिन बिहान कचुरीबाट निस्कने मिथिलाबिहारीको डोला अपराह्न जनकपुरधामस्थित रत्नसागर मन्दिर पुग्ने गर्दछ।

परिक्रमामा सहभागी श्रद्धालुहरू केहीबेर त्यहाँ विश्राम गरेपश्चात जानकी मन्दिरको दर्शन गर्दै विश्रामका लागि हनुमानगढी पुग्ने गर्छन।

१५ दिनसम्म चल्ने यो धार्मिक यात्रा जनकपुरधामको हनुमानगढी, भारतको कलाणेश्वर, गिरिजास्थान, महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर र औरही पुग्नेछ।

औरहीबाट पुनः भारतको करूणा, विसौललगातका धार्मिकस्थल हुँदै १५ औं दिन पुनः जनकपुर पुग्नेछ।

नेपाल तथा भारतसहित कुल १३३ किलोमिटर दूरीको धार्मिकयात्रा जनकपुरधामको परिक्रमा।९अन्तगृह० पश्चात फागु पूर्णिमाका दिन सम्पन्न हुनेछ।

परिक्रमामा नेपाल तथा भारतका हजारौं श्रद्धालु सहभागी हुने भएकाले मिथिला मध्यमा परिक्रमालाई मिथिलाको कुम्भसमेत भन्ने गरिन्छ।

१५ दिन मिथिला मध्यमा परिक्रमा गरेपछि पापमोक्ष हुनुका साथै मनोबञ्छित फल प्राप्त हुने जनविश्वास रहेको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *