भारतको उत्तराखन्डमा पर्यटक बस दुर्घटना, १४ जनाको मृत्यु

जनकपुरधाम- भारतको उत्तराखन्डमा पर्यटक बोकेको बस र्दुघटना हुँदा १४ जनाको मृत्यु भएको छ।

गुरुग्रामबाट उत्तराखन्ड घुम्न गएको पर्यटक बस दुर्घटना भएको हो।

पर्यटक बोकेको ‘ट्रैभलर’ बस रुद्रप्रयागनजिक बद्रनाथ राजमार्गबाट अनियन्त्रित भएर करिब तीन सय मिटर तल अलकनन्दा नदीमा खसेको बताइएको छ।

दुर्घटनामा १४ जनाको मृत्यु र १२ जना घाइते भएको उत्तराखन्ड प्रहरीले जनाएको छ।

स्थानीय प्रशासनका अनुसार बसमा २६ जना सवार थिए।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *