भाटभटेनीका सञ्चालक गुरुङलाई दुई वर्ष कैद

काठमाडौं- विशेष अदालतले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई दुई वर्ष कैद र ८० लाख जरिवाना सजाय सुनाएको छ।

बिहीबार विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएर भ्रष्टाचार गरेको मुद्दामा फैसला गर्दै मीनबहादुर सहितलाई दोषी ठहर गरेको हो।

गुरुङसँगै अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दिप बस्न्यात, पूर्वसचिव छविराज पन्तले मन्त्रिपरियदको निर्णयको आवरणमा नक्कली मोही खडा गरी १९ रोपनी जग्गा सट्टापट्टा गरेको भन्दै २ वर्ष  कैद सजाय र ८० लाख जरिवाना सुनाइएको छ।

राम सुवेदी, शोभाकान्त ढकाललाई पनि सोही सजाय सुनाइएको छ।

विशेषले उस्तै आरोप लागेका पूर्वमन्त्रीहरू विजयकुमार गच्छदार र डम्बर श्रेष्ठलाई भने सफाइ दिएको छ।

उनीहरूले नीतिगत निर्णय गरेको विशेषको ठहर छ। 

पूर्व सचिव दिनेशहरि अधिकारी र चन्द्रदेव जोशीले पनि सफाइ पाएका छन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *