भत्कियो सत्ता गठबन्धन

काठमाडौं- सत्ता गठबन्धन भत्किएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेको हो।

यो सहमतिसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो।

माओवादी स्रोतका अनुसार गत वर्ष पुस १० मा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्नेछ।

त्यसका लागि रास्वपा, जसपा र राप्रपालाई पनि समेट्ने तयारी छ।

नयाँ सहमतिअनुसार सोमबार बिहान बसेको बैठकबाट रास्वपाले निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ।

बालकोटमा बसेको एमाले सचिवालय बैठकले पनि नयाँ सत्तासमीकरण आजै अगाडि बढाउने निर्णय गरेको छ।

स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजै मन्त्रिपरिषद पुनर्गठन गर्दैछन्।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *