ब्राजिलमा बाढी, ११६ जनाको मृत्यु

जनकपुरधाम- ब्राजिलको दक्षिणी भागमा आएको बाढीमा परी ११६ जनाको ज्यान गएको छ।

बाढीमा १४० जना मानिस बेपत्ता भएका छन्। बाढीका कारण त्यहाँको दक्षिणी क्षेत्रमा रहेका कैयौं सहरका करिब ४ लाखभन्दा बढी मानिस प्रभावित भएको बताइएको छ।

बाढी प्रभावित क्षेत्रका करिब ७० हजार मानिस अस्थायी शिविरमा बस्न बाध्य भएका छन्।

बाढी प्रभावितहरूका अनुसार पछिल्लो एक सातादेखि उनीहरूलाई खानलगायतका आवश्यक सामग्रीका लागि संघर्ष गर्नु परिरहेको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *