काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बूढीगण्डकी जलविद्युत आयोजनाको निर्माण काम र गोरखकाली रवर उद्योगको काम तत्काल अघि बढ्ने बताएका छन्।
आइतबार साँझ बालुवाटार पुगेका गोरखा जिल्लाका विभिन्न पालिकाका जनप्रतिनिधिलगायतसँगको भेटमा प्रचण्डले यस्तो बताएका हुन्।
निर्वाचनका बेला गरिएका प्रतिबद्धता पूरा हुने उनले बताएको बारपाक सलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिएका छन्।
छलफलमा प्रधानमन्त्री प्रचण्डले गोरखा र धादिङको सिमानामा निर्माण गर्न लागिएको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको जलासयुक्त बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम तत्काल अघि बढाउन लागिएको जानकारी दिए।
त्यस्तै गोरखा नगरपालिका–१३ स्थित देउरालीमा बन्द रहेको गोरखकाली रबर उद्योगसमेत छिट्टै सञ्चालन गर्न लागेको उनले जानकारी दिएका थिए।
Leave a Reply