जनकपुरधाम – पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ।
बिहीबार र शुक्रबार देशभर पाँच वर्ष मुनिका बालिबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको हो।
‘राष्ट्रिय भिटामिन ‘ए’’ को सबै तयारी पूरा भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ।
शाखाले जनाएअनुसार भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइनेछ।
भिटामिन ‘ए’ करिब ३२ लाख र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने शाखाले जनाएको छ।
भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिएका छन्।
भिटामिन ‘ए’ ले बच्चालाई कमजोर हुनबाट बचाउनका साथै लुलो लङ्गडो हुनबाट रोक्छ।
यसले अशक्त हुनबाट बचाउनुका साथै अरू रोगसँग लड्ने क्षमता पनि बढाउँछ।
त्यसैले आफ्ना बालबालिकाहरूलाई निःशुल्क रूपमा उपलब्ध भएको यो औषधि सेवन गराउने कार्यमा अनिवार्य रूपमा सहभागी बन्न सरोकारवाला निकायहरूले आग्रह गरेका छन्।
Leave a Reply