बारामा यात्रुवाहक बस दुर्घटना, १७ जना घाइते

जनकपुरधाम- पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको ३ नम्बर पुलमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित ३ नम्बर पुलमा धनगढीबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख ९०३० नम्बरको बस दुर्घटना भएको हो।

प्रहरीले ३ नम्बर पुलबाट खोलामा खसेर बस दुर्घटना भएको जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि हेटौंडा लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन्।

घाइेतेमध्ये १२ महिला, ३ पुरुष र २ बालबालिका रहेको प्रहरीले जनाएको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *