जनकपुरधाम- प्रहरीले बाराबाट एक जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ।
प्रहरीले बाराको बारागढी गाउँपालिका वडा नम्बर २ दौरवा टोल बस्ने ३४ वर्षीय दिपेन्द्र माझीलाई पक्राउ गरेको हो।
निजगढस्थित हाटबजारमा नेपाली रूपैयाँ एक हजारको नोट दिइ सरसमान खरिद गरिरहेको अवस्थामा माझीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
नक्कली नोट प्रयोग गरेर सरसमान खरिद गरिरहेको गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
माझीको साथबाट एक–एक हजारको दुई थान नक्कली नोट बरामद भएको छ।
माझीउपर मुद्रासम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद लिएको छ।
Leave a Reply